जाजरकोट भूकम्प अपडेट : १३६ जनाको मृत्यु र १६६ जना घाइते

काठमाडौं‍ । जाजरकोट भूकम्पमा परी शनिबार बिहान पौने १ बजेसम्म १३६ जनाको मृत्यु र १६६ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ ।

शुक्रवार मध्यराति ११ : ४७ बजे गएको ६.४ म्याग्निच्यूडको भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा ९८ र रुकुम पश्चिममा ३८ गरी १३६ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

भूकम्पमा परी जाजरकोटमा ८१ र रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् । घाइते हुनेको कुल संख्या १६६ रहेको छ । घाइतेको उपचार जाजरकोट, नेपालगञ्ज र सुर्खेतमा भइरहेको छ ।

भूकम्पपछि सरकारले गएरातिदेखि नै उद्धार थालेको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१