काठमाडौं महानगरले माग्यो गरीब घरपरिवार पहिचानका लागि २३० कर्मचारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले गरीब घरपरिवार पहिचानका लागि तथ्याङ्क संकलन गर्ने भएको छ । शनिबार एक सूचना जारी गर्दै महानगरले सुपरीवेक्षक तथा गणक करारमा लिने भएको छ ।

तथ्यांक संकलन गर्नका लागि २१ जना सुपरीवेक्षक तथा २ सय ९ जना गणक गरी २३० जना कर्मचारी माग गरेको छ ।

नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त आर्थिक वर्ष २०८०/०८१ का लागि स्वीकृत बजेट तथा कार्यक्रम अनुसार काठमाडौं महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका लागि ट्याब्लेटमार्फत तथ्यांक संकलन तथा सुपरीवेक्षण गर्ने महानगरले जानकारी दिएको छ ।

आवेदकले सूचना जारी भएको २१ दिनभित्र आवेदन दिन सक्ने महानगरले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१