सालारको ३ दिनको कमाई ४०० करोड

इन्डियन सुपरस्टार प्रभासको फिल्म सालार ग्लोबल बक्स अफिसमा तीन दिनमै ४०० करोड क्लबमा पुगेको छ । आइतबार मात्रै फिल्मले १०४ करोड भारु कमाएको छ । सलार ३ दिनमा ४०० करोड कमाउने तेस्रो फिल्म हो । यसअघि बाहुबली–२ र ट्रिपल आरले यो रेकर्ड बनाएका थिए । शुक्रबार पहिलो दिनको कारोबारमा सालारको वल्र्डवाइड कलेक्शन १७८ करोड ७० लाख भारु थियो । दोस्रो र तेस्रो दिनको कमाई क्रमशः ११७ करोड र १०४ करोड ३० लाख भारु रहेको छ ।

इन्डष्ट्री ट्र्याकर स्याकनिल्कका अनुसार भारतीय बक्स अफिसमा तेस्रो दिनमा फिल्मले ६१ करोड भारु कमाएको छ । यसको साथमा भारतको कुल कलेक्शन २०८ करोड पुगेको छ । आइतबार फिल्मको हिन्दी भर्जनको अक्युपेन्सी ४८ दशमलव २७ प्रतिशत थियो । उत्तर अमेरिकामा भने सलारको कमाई ५१ लाख डलर पुगेको छ ।

सालार यो वर्षको सबैभन्दा ठूलो ओपनिङसहितको फिल्म बनेको छ । पहिलो दिन फिल्मको कुल कमाई १७८ करोड ७ लाख भारु रहेको थियो । इन्डियन बक्स अफिसमा यसको कमाई ९० करोड ७० लाख भारु रह्यो ।

 

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१