बालुवाटारमा तीन दलको बैठक जारी

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन प्रमुख तीन दलको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी, कांग्रेस र एमालेका नेताहरू सहभागी छन् ।

सोमबार तीन ठूला दलका शीर्ष नेताबीच यसैबारे छलफल भएको थियो । यसअघि आइतबार पनि प्रधानमन्त्रीले देउवा र ओलीलाई बालुवाटारमा बोलाएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने विषयमा छलफल गरेका थिए ।

 

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१