बिजुलीको पोलमा बाँधेर कुटपिट गर्ने सातजनाविरुद्ध शरीर बन्धक मुद्दा दर्ता

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिकाकी शारदा थापालाई बन्धक बनाई कुटपिट गर्नेमाथि प्रहरीले शरीर बन्धक मुद्दा दर्ता गराएको छ ।

‘डिभोर्स’को विषयलाई लिएर शारदाका श्रीमान् सन्तोष थापाले अमानवीय तरिकाले बिजुलीको पोलमा बाँधेर कुटपिट गरेका थिए ।

सोही आरोपमा पक्राउ परेका सन्तोषसहित कमलामाई–४ का बहादुर खड्का, मीलन देवकोटा, निकेश ढकाल, विष्णुकुमार ढकाल, इश्वर पोखरेल र विरविक्रम ढकालमाथि बन्दक मुद्दा दर्ता भएको सिन्धुलीका डीएसपी चिरन्जीवी दाहालले जानकारी दिए ।

पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१