कुलमानको प्रष्टीकरण– उद्योगले बक्यौता नतिरे अझै विद्युत काट्छौं

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेर बक्यौता रहेका उद्योगहरूको लाइन काटिएको विषयमा प्रष्ट पारेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलनमार्फत बिजुली काटिएपछि भइरहेका आलोचना प्रष्ट पार्न पत्रकार सम्मेलन आयोजना गरिएको बताए ।

प्राधिकरणले हालै लाइन काटिएका ९ उद्योगको करिब १२ अर्ब ५० करोड रूपैयाँ बराबरको बक्यौता रहेको जनाएको छ । बक्यौता रहेका अन्य उद्योगको पनि क्रमशः बिजुली काट्दै जाने जाने रणनीतिमा कुलमानले बताए ।

सर्वसाधारणले विगतमा दैनिक १७/१८ घण्टासम्मको लोडसेडिङ व्यहोरिरहेको बेला २३९ औद्योगिक, व्यापारिक र गैह्र व्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टाभन्दा बढी उपभोग गरिरहेका थिए । २३९ ग्राहकमध्ये १७८ उपभोक्ताले डेडिकेटेड तथा ट्रंक लाइन वापतको प्रिमियमसहितको विद्युत महसुल भुक्तानी गरिसकेको प्राधिकरणले जनाएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१