• २०८३ असार ३२
  • 2026 July 16, Thursday

प्रधानमन्त्रीलाई भेट्न मृतकका परिवार बालुवाटारमा

काठमाडौं । शुक्रबार ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनको समयमा ज्यान गुमाएका परिवार बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रदर्शनमा मारिएका दुई युवाका परिवार बालुवाटार पुगेका हुन् । अहिले प्रधानमन्त्रीले मृतकका परिवारसँग कुराकानी गरिरहेको बालुवाटार स्रोतले बतायो ।

आन्दोलनमा दैलेखका २१ वर्षीय सुजन र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

आजै सरकारले मृतकको परिवारलाई राहत स्वरुप जनही १‍०/ १० लाख दिने निर्णय गरेको छ ।