सुनको भाउ घट्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको सुनको मूल्य आइतबार प्रतितोला दुई सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २० हजार ७ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २० हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

शुक्रबार प्रतितोला १ हजार ४ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।