नेपाली बजारमा बुधबार सुन– चाँदीको भाउ घटेको छ ।
मंगलबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको भाउ यस दिन अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ८ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २० हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २० हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी प्रतितोला १ हजार ४ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय ६० रूपैयाँमा कारोबार भएको थियो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो ।