मैयादेवी मेमोरियल यु–१९ महिला क्रिकेट माघ १२ देखि

काठमाडौं। मैयादेवी मेमोरियल यु–१९ महिला क्रिकेट माघ १२ देखि सुरु हुने भएको छ ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले मैयादेवी श्रेष्ठको स्मृतिमा उन्नाइस वर्षमुनिको राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो ।

नेपाली कांग्रेसकी पूर्व माननीय तथा प्रजातन्त्र सेनानी, दानवीरंगना स्वं श्रेष्ठको स्मृतिमा आयोजना हुने प्रतियोगिता चितवनको गौतम बुद्ध क्रिकेट रंगशालामा सञ्चालन हुनेछ ।
प्रतियोगितामा देशका ७ वटै प्रदेशका टोलीको सहभागीता रहने जनाइएको छ ।
सहभागी हुने ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा गण्डकी,सुदूरपश्चिम,कोशी र मधेश तथा समूह ‘बी’ मा कर्णाली,बागमती र लुम्बिनी रहेका छन् ।

उद्घााटन खेलमा माघ १२ गते गण्डकी र सुदूरपश्चिम प्रदेश भिड्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ १९ गते हुनेछ ।

सन् २०२४ मा युएईमा हुन गईरहेको एसिया कप छनोट र सन २०२५ मा मलेसिया र थाइल्यान्डमा हुने विश्वकप लाई समेत मध्यनजर गर्दै खेलाडीको प्रतिभा मूल्याङ्कनमा समेत यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने नेपाल क्रिकेट संघले विश्वास लिएको छ ।