काठमाडाैं । नेपाली कांग्रेस सर्लाहीकाे १४ औँ जिल्ला अधिवेशन अन्तर्गत सभापतिमा सुरेन्द्रप्रसाद सिंह १ हजार ७५८ मत ल्याएर विजयी भएका छन् ।
सिंहले संस्थापन इतरका प्रत्यासी लक्ष्मण रायभन्दा ३८० बढी मत ल्याएर विजयी भएका हुन् । सिंहले १ हजार ७५८ मत ल्याउँदा रायले १ हजार ३७८ मत मात्र प्राप्त गरे ।
संस्थापन पक्षका सभापति उम्मेद्वार सिंह एक उपसभापति बाहेक प्यानलका सम्पूर्ण उम्मेद्वार विजयी भएका छन् ।
संस्थापन इतरबाट उपसभापतिमा एकमात्र उमेद्वार नवीन अधिकारी विजयी भए । त्यस्तै, उप-सभापतिमा संस्थापनका डा. सरोज कुमार (राजु) १ हजार ७६४ र संस्थापन इतरका नविन अधिकारी १ हजार ४९३ मतका साथ विजयी भए भने उपसभापतिमा पराजित संस्थापनका शेख सदुल्लाहले १ हजार ४७४ र ईतरका रविनन्दन चौधरीले १ हजार ३१४ मत मात्र प्राप्त गरे ।
उपसभापति विजयी र पदाधिकारीमा सबैभन्दा बढी (लाेकप्रिय मत) निवर्तमान जिल्ला सभापति नागेन्द्र कुमार रायका छाेरा डा. सरोज कुमार (राजु)ले ल्याएका छन् ।
त्यस्तै, सचिवमा संस्थापनका निरज कार्की १ हजार ७२६ र मनाेज यादव १ हजार ४२६ मतकासाथ विजयी भए । इतरबाट सचिवका प्रत्यासी कृष्णराज रायमाझीले १ हजार ४१२ र नरेन्द्र भट्टराईले १ हजार ३९९ मत मात्र पाए ।
सह-सचिवमा संस्थापनकै इन्द्रबहादुर याेञ्जन १ हजार ७११ र सुनिल कुमार कुशवाहा १ हजार ५७९ मतसहित विजयी भएका छन् । इतरका सूर्यबहादुर खड्का १ हजार ३६५ र दिनेश मिश्र १ हजार २३७ मत मात्र ल्याएर पराजित भए । आइतबार राती नै जिल्ला निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले विजयी सभापति सिंहसहित पदाधिकारीलाई बधाई दिए ।
नवनिर्वाचित सभापति सिंहले अब पार्टीलाई गुट-उपगुट तथा कसैलाई काख र कसैलाई पाखा नगरी एकढिक्का बनाउने प्रतिबद्दता जनाए ।
अन्तिम मतपरिणाम आएपछि पूर्व केन्द्रीय सदस्य जंगिलाल राय, आमन्त्रित पूर्व केन्द्रीय सदस्य शम्भु लाल श्रेष्ठ, मधेस प्रदेश उपसभापति एवम् मधेश प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह निवर्तमान जिल्ला सभापति नागेन्द्र कुमार रायलगायत नेताहरु मतगणनास्थल पुगेका थिए । संस्थापन पक्षका कार्यकर्ताहरुले मतगणनास्थल बाहिरका थिए ।
अब सदस्यहरुकाे मतगणना भने फागु पूर्णिमापछि गर्ने कुरा आएकाे र साेमबार दुवैपक्षसँग छलफल गर्ने बताइएकाे छ ।