जसपाले गर्‍याे तीन सदस्यीय पार्टी मुख्यालय समिति गठन

काठमाडौं । जनता समाजवादी पार्टीले ३ सदस्यीय पार्टी मुख्यालय समिति गठन गरेको छ ।

काठमाडौंमा जारी उक्त पार्टीको केन्द्रीय समितिको बैठकले संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहेको पार्टी मुख्यालय गठन गरेको एक नेताले जानकारी दिए ।

मुख्यालय समितिले गरेको निर्णयलाई केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था राखिएको छ ।

जसपाले आगामी असारकाे १ र २ गते काठमाडौंमा विधान अधिवेशन गर्ने निर्णय पनि गरेको छ ।