• २०८३ जेठ २२
  • 2026 June 05, Friday

आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत प्राप्त गर्ने ईश्वर पोखरेलको दावी

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत प्राप्त गर्ने दावी गरेका छन् ।

सोमबार जनकपुरधाममा नेपाल कम्युनिष्ट पार्टी (एमाले )को सातौं धनुषा जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै पोखरेलले यसअघि बिभिन्न दल मिलेर बहुमत प्राप्त भएको भन्दै आगामी निर्वाचनमा एमालेले एक्लैले बहुमत प्राप्त गर्ने दावी गरेका हुन् ।

उनले एमालेलाई बहुमत प्राप्त पार्टी बनाउन कसैसंग तालमेलको आवश्यक नरहेको जिकिर गरे । उनले एमाले दक्षिणपन्थी अवसरबाद र संगठनात्मक अराजकताको खिलाफमा उभिने पार्टी बनेर देखाउने पनि बताए ।

त्यस्तै पोखरेलले एमालेलाई मजबुत पार्टी बनाई देश बिकास तर्फ लानुपर्ने अहिलेको आवश्यकता भएको जिकिर गरे ।