‘सरकारललाई कांग्रेसले साथ दिएन’ माओवादी नेता पौडेल

  • हुलाक सञ्चार
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई काम कारबाहीमा कांग्रेसले साथ नदिएकाले क्याविनेट पुन गठन अघि बढाइएको बताएका छन् ।

    सोमबार बालुवाटारमा नयाँ सत्ता समीकरण एमाले–माओवादी–रास्वपाको शीर्ष बैठक चलिरहँदा पौडेलले प्रधानमन्त्रीले जनताको डेलिभरीलाई गति दिने काममा कांग्रेसले साथ नदिएपछि मंसिरदेखि नै मन्त्री फेर्ने कुरा गरिरहेको भन्दै सरकारको कामलाई सजिलो बनाउन क्याविनेट पुन गठन गर्न लागेको जानकारी दिए ।

    उनले भने, ‘जनताको डेलिभरीलाई अलिकति गति दिने प्रधानमन्त्रीको इच्छाशक्तिलाई कांग्रेसको मन्त्रालयबाट सपोट भएन । प्रधानमन्त्रीले मंसिरदेखि नै मन्त्री फेर्न कुरा गर्नुभएको हो तर कांग्रेसले मानेको थिएन् । शान्ति प्रक्रिया टुङग्याृने कुरालाई पनि कानुन मन्त्रीले सहज गर्नुपथ्र्यो त्यो भएन । हाम्रो अप्ठ्यारोमा सहज नगर्ने र उहाँहरुलाई चाँहि सजिलो गरिरहने कुरामा अप््यारो परेकोले क्याविनेट पुन गठन गर्ने कुरामा पुग्नुभएको हो’ उनले
    उनले राष्ट्रियसभा अध्यक्ष उपाध्यक्षलगायतको विषयमा नयाँ शिराबाट अघि बढ्ने र प्रदेशका मुख्यमन्त्रीहरू पनि आलोपालोको आधारमा अगाडि बढाउँने जानकारी दिए ।

    उनले भने,‘राष्ट्रियसभा अध्यक्ष उपाध्यक्षको प्रसंगमा पनि हामीले नयाँ सिराहाबाट पुन गठन गछौं त्यतिमात्र होइन प्रदेशका मुख्यमन्त्रीहरू पनि आलोपालोको आधारमा हामीले अगाडि बढाउँछौं । ’

    उनको अनुसार एमाले र माओवादी नेताहरूबीचमा भएको पुराना गल्तीहरुको गम्भीर समीक्षा गरी गल्तीहरु नदोहो¥याउले गरी विश्वासको वातावरण बनाए जाने सहमति भएको छ ।

    उनले नेपालको सिंगो राजनीतिलाई नै नयाँ ध्रुवीकरणमा लैजाने भनेर यस्तो कदम चालिएको बताए ।

    © 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१