काठमाडौं । आइसिसी पुरुष टी–२० विश्व कपको तयारी गरिरहेको नेपाली क्रिकेट टोलीलाई सरकारले आर्थिक सहयोग गरेको छ ।
नेपाली क्रिकेट टोलीको तयारी खर्च भनेर अर्थ मन्त्रालयले ५ करोड रकम सहयोग गरेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ बताएका छन् । उनले तयारी खर्च सहयोग गरेको अवसरमा नेपाल सरकार, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद ज्ञापन गरेका थिए।
गत अक्टोबर ३० देखि नोभेम्बर ५ तारिखसम्म नेपालको त्रिवि क्रिकेट मैदानमा भएको आईसीसी पुरुष टी– २० विश्वकप एसिया रिजनल क्वालिफायरको सेमिफाइनलमा युएइलाई ८ विकेटले हराउदै अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिखदेखि सुरु हुने आईसीसी पुरुष टी– २० विश्व कपका लागि नेपाल छनोट भएको थियो।
नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । टी २० विश्वकपमा नेपाल समूह डी मा छ।