• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

त्रिकोणात्मक टी-२० : उपाधि जित्न नेपालले पायो १७२ रनको लक्ष्य

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटको उपाधि भिडन्तमा पीएनजीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ ।

नेपालले टस जितेर पहिला बलिङ् गर्ने निर्णय गर्दा पपुवा न्युगिनिले पहिले ब्याटिङको निम्तो पाएको थियो। पहिले ब्याटिङ गर्दै पपुवा न्युगिनिले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो ।

पिएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रनको अर्धसतकिय पारी खेले ।

त्यस्तै, हिला जर्ज वाइके वारेले १८, अलेई नाओले ३०, हिरीहिरीले १५, किपलिन डोरिगाले १४, चाड आइवती सोपरले १३ रनको योगदान दिए ।

नेपालका लागि कुशल भुर्तेल आफ्नो लय फाइनलमा पनि कायम राख्दै तीन विकेट लिए ।
त्यस्तै, आकाश चन्दले पनि तीन, करण केसी र गुल्शन झाले एक/एक विकेट झारे ।