• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

टी–२० : आयरल्याण्डलाई १० रनले पराजित गर्दै अफगानिस्तान विजयी

काठमाडौं । आयरल्याण्डविरुद्धको दोस्रो टी–२० क्रिकेटमा अफगानिस्तान विजयी भएको छ । सारजाहमा आइतबार राति भएको खेलमा अफगानिस्तानले आयरल्याण्डलाई १० रनले पराजित गरेको हो।

पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १५२ रन बनाएको थियो । जवाफमा आयरल्याण्ड निर्धारित ओभरमा ८ विकेट गुमाएर १४२ रनमा रोकियो ।

टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले सुरुआत निकै नराम्रो गरेको थियो । अफगानिस्तानले १४ रन बनाउँदा ४ विकेट गुमाएको थियो। त्यसपछि सेदुल अटल र मोहमद नावीले पारि सम्हालेका थिए । सेदुल ३५ रनमा रनआउट हुँदा अफगानिस्तानले ५ विकेट गुमाएर ९३ रन बनाएको थियो । यसैगरी मोहमद नावीले ५९ रन बनाएको थियो । कप्तान रासिद खानले २५ रन बनाए । आयरल्याण्डका मार्क एडिरले तीन विकेट लिँदा जोस लिटल र बेरी म्याकार्थीले दुई ÷दुई विकेट लिए ।

१५३ रनको लक्ष्यसहित मैदान उत्रिएको आयरल्याण्डले सुरुआत राम्रो गरेको थियो । तर मिडिलि अर्डरमा खेलाडी चल्न नसक्दा टिमले जित निकाल्न सकेन । एन्डे बालब्रेनले ४५ रन बनाउँदा कप्तान पौल स्र्टलिङले २४ रन बनाए । अर्का खेलाडी ग्रेथ डेलेनीले ३९ रन जोडे बनाए पनि जित दिलाउन असफल भए ।

अफगानिस्तानका स्टार स्पिनर रासिद खानले ४ विकेट लिँदा नानगेयालिया खरोटेले दुई विकेट लिए। अफगानिस्तानले जित निकालेसँगै सिरिज एक एकको बराबरीमा आएको छ । अब सिरिजको छिनोफानो तेस्रो टी–२० बाट हुने छ ।