काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले नेपाल आइपुगेका छन् ।
आफ्नो चार दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका हुन् ।
अध्यक्ष ग्रेगलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कालगायतका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।