• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

आरिफको उत्कृष्ट प्रर्दशनमा आयरल्यान्ड वुल्भ्ससलाई नेपालले दियो २ सय १४ रनको लक्ष्य

काठमाडौं । आरिफ सेखको आक्रामक ब्याटिङप्रेरित नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्ध अन्तिम ट्वान्टी–२० खेलमा २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालका लागि उत्कृष्ट पारि खेलेका आरिफले सर्वाधिक रन बनाए । ४८ बलको सामना गरेका उनले सात चौका र ६ छक्का प्रहार गर्दै अविजित ९३ रनको पारि खेले ।

नवौँ नम्बरमा ब्याटिङमा लागि मैदान आएका कमलसिंह ऐरीले अविजित सात बलमा दुई चौका र एक छक्कासहित १९ रन जोडे । आरिफसँग अन्तिममा आठौँ विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए।

यसबाहेक, पवन सर्राफले १३, राशिद खानले २४, र कप्तान विनोद भण्डारीले ११ रन जोडेका थिए ।
आयरल्यान्डका फियोन ह्यान्डले सर्वाधिक दुई विकेट दिँदा गाभिन होइ, म्याथ्यु फोस्टर, ग्यारेथ डेलानी र लियन म्याकार्थीले समान एक ÷एक विकेट लिए ।

यसअघिका दुई खेलमा घरेलु टिमविरुद्ध जित निकालेको वुल्भ्सले शृंखलाको उपाधि जितिसकेको छ ।