काठमाडौं । टेलिसिरियल रामायण कि सीता आज अपरान्ह सैनिक क्लबमा प्रकट हुने भएकी थिइन् ।
रामायण नीति कथामा राजा जनककी छोरी सीता बनेर लोकप्रिय अभिनय गरेकी दीपिका चिखलिया जनजाति कल्याण आश्रमको निमन्त्रणा स्वीकारेर काठमाडौं आएकी थिइन् । आज आयोजक संस्थाको १४ औँ वार्षिकोत्सव समारोहमा मुख्य अतिथिका रुपमा उनी सहभागी भएकी थिइन् ।
आर्मी अफिसर्स क्लबमा आयोजना भएको कार्यक्रममा रामायण प्रेमीहरुको उल्लेख्य सहभागिता रहेको आयोजक संस्थाले जानकारी दिएको छ ।