• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

२५ विशेषज्ञ चिकित्सकसहित ५ जिल्लामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै कांग्रेस सांसद सुनिल शर्मा

  • २०८२ वैशाख ७, आइतबार १०:३७

नेपाली कांग्रेसका सांसद समेत रहेका डा.सुनिल शर्माले देशका विभिन्न स्थानमा बृहत स्वास्थ्य शिविर सञ्चालन गर्ने भएका छन्।

देशका ग्रामीण क्षेत्रहरुमा बिशेषज्ञ चिकित्सक मार्फत निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने अभियान अन्तर्गत शर्मा विभिन्न स्थानमा पुग्ने भएका हुन्।

शिविरमा २५ जना विशेषज्ञ चिकित्सकहरुको टोलीबाट स्वास्थ्य जाँच हुने छ।

शिविरमा मुटु रोग, मिर्गौला, पाठेघर सहित स्त्रीरोग, नाक, कान, घाँटी लगायतको अपरेशन गर्नु परे पनि असहाय विरामीहरुलाई काठमाडौं लगेर निःशुल्क उपचार गराइने भएको छ।

निःशुल्क स्वास्थ्य शिवि र वैशाख १३ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ।

आगामी वैशाख १३ गते डोटीको दिपायल बजारमा हुनेछ। वैशाख १५ गते बाजुराको पिलुचौर, वैशाख १७ गते हुम्लाको सर्केघाट, वैशाख १९ गते मुगुको गमगढी र वैशाख २१ गते कालीकोटको नाग्मामा शिविर सञ्चालन हुने भएको छ।

  • २०८२ वैशाख ७, आइतबार १०:३७