एमालेमा प्रवेश गरिन् अभिनेत्री करिश्मा मानन्धर, खुलाइन् यस्ता कारण

काठमाडाैं । चर्चित अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

उनलाई मंगलबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितले स्वागत गरे ।

एमाले प्रवेश गरेपछि अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमाले रोज्नुको कारण खुलाइन् । उनले अभिनय क्षेत्रमा झण्डै तीन दशक काम गरे पनि देशका लागि अझै केही गर्न सक्छु भन्ने लागेर आफू एमालेमा जोडिएको बताइन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यक्तित्व र कार्य शैली, एमालेको नीति र देशभर देखिएको जनलहरका कारण एमाले रोजेकी हुन् ।

‘नेता भनेको जनताको पथप्रदर्शक हो,’ उनले भनिन्, ‘त्यो म ओलीजीमा पाउँछु ।’ सबै पार्टीले लोकतन्त्र, गणतन्त्र अपनाएका भए पनि एमालेले त्यस अतिरिक्त समानता र सामाजिक न्यायसहितको समृद्धि भन्ने नारा बोकेर पिछडिएका वर्गको उत्थान गर्ने र देश विकास गर्ने नीति अपनाएका कारण पनि आफूले एमाले रोजेको उनले बताइन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१