काठमाडौं। विश्वकपको तयारीका लागि खेलिने टी-२० शृङ्खलामा वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।
रोहित पौडेलको कप्तानीमा बिहिबार नेपाल क्रिकेट संघ (क्यान) ले १६ सदस्यीय टोली घोषणा गरेको छ । जसमा आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा, विवेक यादव र आकाश चन्द छन्।
खेल घरेलु मैदान हुने छ ।