• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

टस जितेर वेष्ट इण्डिज ‘ए’ले नेपाललाई दियो फिल्डिङको निम्तो

काठमाडौं । ५ टी–बिस शृंखलाअन्तर्गतको तेस्रो खेलमा वेष्ट इण्डिज ‘ए’ ले पहिले व्याटिङ गर्ने निणर्य गरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेष्ट इण्डिज ‘ए’ टोलीले टस जितेर ब्याटिङ रोजेको छ। यो सँगै नेपालले पहिले बलिङ गर्दै छ।
आज कप्तान रोहित पौडेलसँगै अन्य तीन खेलाडी टोलीमा समावेश छैनन । कप्तानी दिपेन्द्रसिंह ऐरीले सम्हाल्नेछन् । नेपाली टोलीले चार परिवर्तन गरेको हो ।

नेपाल र वेष्ट इण्डिजले यसअघि भएको दुई खेलमा दुवै टोलीले समान एक–एक खेल जितेका छन्। शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गरेको थियो। आइतबार भएको दोस्रो खेलमा नेपाल वेस्ट इण्डिजँंग १० रनले पराजित भएको थियो।
नेपालको प्लेइङ ११ :
लोकेश बम, विनोद भण्डारी, अनिल कुमार शाह, कुशल मल्ल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, विवेक यादव, करण केसी, सागर ढकाल र कमलसिंह ऐरी ।

नेपालले आईसीसी टी–बिस विश्वकपको तयारीस्वरूप वेष्ट इण्डिजसँग शृंखला खेलिरहेको हो। शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–बिस विश्वकपका लागि अमेरिका प्रस्थान गर्नेछ।