• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

रियल मड्रिडलाई स्पेनिस ला लिगाको उपाधि

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६ औँ संस्करणको उपाधि जितेको हो ।

शनिवार राति दोस्रो स्थानको बार्सिलोना जिरोनासँग ४/२ ले पराजित भएपछि रियलले चार खेल अगाडि नै उपाधि पक्का गरेको हो । त्यसअघि भएको खेलमा रियलले क्याडिजलाई ३/० ले पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो ।

रियलले ३४ खेलबाट ८७ अंक जोडेको छ भने समान खेलबाट जिरोनाले ७४ अंक बनाएको छ । बार्सिलोना ७३ अंकसहित तेश्रो स्थानमा पुगेको छ ।