• २०८३ जेठ २२
  • 2026 June 05, Friday

झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ, चार करोड बढी बिगो असुल

काठमाडौ । जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक बर्ष २०८०/०८१ को एक वर्षे अवधिमा ३५३ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । अदालतको विभिन्न मितिमा भएको फैसला बमोजिम फरार रहेका उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

पक्राउ परेकाबाट ४ हरोड ४० लाख ९२ हजार २७८ रुपैंयाँ जरिवाना कायम भएको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी अदालतमा उपस्थित गराएका कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । पक्राउ परेका प्रतिवादीहरुले हिसाबमा १ सय ४१ बर्ष ६ महिना २ दिन कैद भुक्तान गर्नुपर्ने झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

उनीहरुमध्ये गत फागुन पहिलो सातादेखि हाल सम्म ६६ बर्ष ०४ महिना ०३ दिन कैद, ४२ लाख ४६ हजार १९७ बिगो जरिवाना कायम भएका १८८ जना फरार प्रतिबादीहरु समेत पक्राउ परेको प्रवक्ता चन्दले जानकारी दिए ।