राष्ट्रपतिका सल्लाहकारसँग झोक्किए ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका सल्लाहकारले राष्ट्रहित विपरित बोलेको भन्दै उनीसँग झोक्किएका छन् ।राष्ट्रपतिका सल्लाहकार चिरञ्जिीवी नेपालले सय रुपैंयाँको नोटमा नेपालको नयाँ चुच्चे नक्सा छाप्ने भनेर गरेको निर्णयको आलोचना गरेका थिए । भारतीय विदेशमन्त्री एस जयशंकरको प्रतिक्रिया आएपछि उनको प्रतिक्रिया आएको थियो ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर नेपाल हाल राष्ट्रपतिका आर्थिक सल्लाहकार छन् ।सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णयका विरुद्ध राष्ट्रपतिका विज्ञ सल्लाहकारले नै विरोध गर्नु निन्दनीय भएको टिप्पणी गरेका छन् ।
शनिबार यहाँ आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले नेपाली जनताले तिरेको करबाट राष्ट्रपतिको विज्ञ सल्लाहकार भएको मान्छेले नेपालको राष्ट्रियताविपरित बोल्नुजस्तो निन्दनीय कार्य अरु नहुने टिप्पणी गरे ।

उनले भने, ‘नेपालले आफ्नो मुद्रामा देशको नक्सा किन राख्यो भन्दै अर्को देश सोध्न आउँछ । यहाँ राष्ट्रपतिको एउटा सल्लाहकारले नोटमा नक्सा राख्न पाइन्छ र भनेर बोलिमा बोलि मिलाएर दाबेदारी गर्छ । किन यस्तो भयो ? अन्तरवार्ता दिँदै हिँडेको छ । कत्रो हिम्मत नेपाललाई हेप्ने कुरामा ? नेपाली जनताले तिरेको करबाट सुविधा लिएर नेपालको विज्ञ सल्लाहकार भएको व्यक्तिले नेपालको राष्ट्रियताविपरित बोल्छ । योभन्दा निन्दनीय कुरा हुन अरु हुनै सक्दैन ।’

राष्ट्रपतिकै सल्लाहकारले भारतको पक्ष लिँदा दलालहरु राज्यका कस्ता ठाउँमा पुगेका छन् भन्ने कुराको पुष्टि भएको उल्लेख गर्दै ओलीले यस्ता तत्वलाई समयमै निर्मूल नपारे देशको अस्तित्व समाप्त हुने भन्दै चिन्ता व्यक्त गरे ।
त्यस्तै, अध्यक्ष ओलीले नेपाली समाज र जनतालाई सुखि र समृद्ध बनाउने सन्दर्भमा सहि चिन्तन र दृष्टिकोण अपनाएको बताए ।

त्यसैगरी एमाले सांसद रघुजी पन्तले एमाले मुलुकको संस्कृति, जातजाती र इतिहासलाई संरक्षण गर्दै समृद्ध र उन्नत नेपाल निर्माणको लागि काम गरिरहेको बताए ।उनले भने, ‘नेपालको संस्कृति, भुगोल र जातजातीलाई समृद्ध बनाउँदै र यी विषयहरुलाई संरक्षण गर्दै नेपाललाई समृद्ध र उन्नत बनाउने दिसामा कसैले काम र चिन्तन गरिरहेको छ भने त्यो नेकपा एमाले हो ।’सरकारको प्रमु्ख गटक भएको नाताले एमाले सँधै देशको आर्थिक र सामाजिक विकासका लागि उद्धत रहेको उनको भनाइ छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१