• २०८३ असार १६
  • 2026 June 30, Tuesday

नेकपा एसको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस)को स्थायी कमिटी आज पनि बस्दै छ। बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजेदेखि शुरु हुनेछ।

शनिबार शुरु भएको स्थायी कमिटी बैठकमा नेताहरूले बोल्ने क्रम बाँकी रहेकाले आइतबार पनि बैठक बस्न लागेको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। स्थायी कमिटी बैठक सकिएलगत्तै आइतबार साँझ पोलिटब्यूरो बैठक बस्ने तयारी नेकपा एसको छ ।

हिजोको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति विषयमा धारणा राखेका थिए भने महासचिव घनश्याम भुसालले महाधिवेशनको तयारीसहितका एजेण्डाबारे बैठकमा जानकारी गराएका थिए।