काठमाडौं । फ्रान्समा यसै वर्ष हुने पेरिस ओलम्पिकको दक्षिण एसियाली छनोट खेल बैशाख ३१ गते सोमबार(भोलिदेखि) देखि हुने भएको छ ।
लैनचौरस्थित टेबलटेनिस हलमा हुने छनोट प्रतियोगितामा पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेश र नेपालका खेलाडी, पुरुष र महिला दुवै विधामा कुल १९ खेलाडी सहभागी हुनेछन् ।भारत यसअघि नै ओलम्पिक छनोट हुँदा भुटान भने सहभागी हुने छैन ।
एसियाली टेबलटेनिस युनियन (एटीटीयू) कार्यकारी बोर्ड र एटीटीयूका अध्यक्षसँगको छलफल र छलफलपछि अखिल नेपाल टेबलटेनिस संघ कोरियामा भएको परिषद्को बैठकले छनोट प्रतियोगिका लागि नेपाललाई स्विकृती दिएको थियो ।
छनोटका प्रतियोगिताका लागि एटीटीयूले दुई हजार पाँचख सय अमेरिकी डलर उपलब्ध गराएको प्रतियोगिताका निर्देशक तेजेन्द्र सिंह महराले जानकारी दिए ।प्रतियोगिता संचालनका लागि लेबनानका फादी कासिस प्रतिस्पर्धा प्रबन्धक, रेफ्रि भारतका गणशन निकान्तलाई हायर गरिएको छ ।
प्रतियोगिताका लागि प्राविधिक टोलीको यात्रा, दैनिक भत्ता र अन्य खर्च लगायतका सबै खर्च एसियाली टेबलटेनिस युनियन (एटीटीयू)ले उपलब्ध गराएको छ । प्रतियोगिता संचालनका लागि नेपाली घर, ट्रान्क्विलिटी र स्ट्याग ग्लोबल सुमन खड्गी, ब्रोडलिंक, भ्याली स्पोर्ट्स, ललितपुर जिल्ला टेबलटेनिस संघ, लक्की ट्राभलर, त्रिशूली भिल्ला, समृद्धि ट्रेडर, एसिक्स, अनर मोबाइल, ह्वाट नेक्स्ट बाट आवास सहयोग गरिएको बताइएको छ ।
ओलम्पिक छनोटका लागि भनेर अहिले नयाँ लाइट जडान गरिएको छ । प्यारापिटको सिट बिग्रिएकाले त्यसलाई मर्मत गरिएको बताइएको छ ।