
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ७ र डिजेलमा ५ रुपैयाँले मूल्य घटाएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
जसअनुसार पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५, दोस्रोमा १७०, तेस्रोमा १७१ रुपैयाँ पुगेको छ ।
त्यस्तै, डिजेलको प्रतिलिटर पहिलो वर्गमा १५१.५, दोस्रोमा १५३ र तेस्रो वर्गमा १५४ रुपैयाँ पुगेको निगमले जनाएको छ ।
घटेको मूल्य आजै रातिदेखि लागू हुने निगमले जनाएकाे छ ।
यस्ताे छ सूची: