झलनाथ खनालको दाबी : आगामी निर्वाचनमा एमालेले निकै ठूलो हार व्यहोर्छ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा एमालेले निकै ठूलो हार व्यहोर्ने दावी गरेका छन् ।

शनिबार काठमाडौंमा समाजवादी प्रेस संगठन नेपालको बैठकलाई सम्बोधन गर्दै खनालले दुई तिहाई नभइ त्यसको उट्टो दुई–तीन सिट जित्ने दावी गरेका हुन् ।

उनले केपी ओली नेतृत्वको एमाले गुटमात्र भइरहेको तर्क गरे । उनले हाल एमालेले गर्नसक्ने सम्भावित गठबन्धनका दलहरु लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी भएकाले उक्त गठबन्धनलाई दक्षिणपन्थी मोर्चा उपनाम दिन सकिने उल्लेख गरे । उनले पार्टीको लक्ष्य बैज्ञानिक समाजवाद नै भएको बताए ।

यस्तै खनालले छोटो समयमै आफ्नो पार्टी राष्ट्रव्यापी भएको दावी गरे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१