काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई फोहोर पठाएका छन् ।
उनले शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा एक ट्रक धुलो पठाएका हुन् ।
बालेनले विगत १५ वर्षदेखि काठमाडौँका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको भन्दै धुलो पठाएको कुरा सार्वजनिक गरेका छन् ।
जबसम्म काम अगाडि बढ्दैन तबसम्म हरेक दिन महासेठलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने समेत बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालय अगाडि एक ट्रक धूलो खन्याएको भिडियो फेसबुकमा राखेका छन् ।