• २०८३ साउन १
  • 2026 July 17, Friday

गौरव र क्विन्सी बने मिस्टर एण्ड मिस एसईई सुपर मोडल

काठमाडौं । तेस्रो संस्करणको ‘नन्दिनी अर्गानिक मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२४’ को उपाधि गौरव सिटौला र क्विन्सी श्रेष्ठले जितेका छन् ।एभरेष्ट इभेन्ट्सद्वारा काठमाडौंमा हालै आयोजित प्रतियोगितामा उनीहरुले ९३ प्रतिस्पर्धीहरुलाई उछिन्दै उक्त उपाधि जितेका हुन् ।पुरुष र महिला गरी दुई भिन्न टाइटलका लागि भएको स्पर्धामा अवय खड्गी र जेसिका सिंह ठकुरी फस्र्ट, विशेष श्रेष्ठ र मिमोसा राई सेकेन्ड, शिशिर रेगामी मगर र एन्जल थापा मगर थर्ड, सहारा लामा फोर्थ रनर अप भए ।

प्रतियोगितामा दीपशान्त नेपाली र कुसुम गुरुङ आयोजक छनोट, आदित्य गौतम र अप्सना पन्त ब्राण्ड एम्बेसडर, उक्रिशा मुडभरी ब्युटी विथ ब्रेन, निश्चल खत्री, रोजिना कार्की र रञ्जिता कर्माचार्य मस्ट पपुलर र कुसुम गुरुङ तथा छसुम राई भ्युअर्स च्वाइस बने ।शीर्ष विजेताहरुले उपाधिसँगै ५० हजार रुपैयाँ, स्मार्टफोन प्राप्त गरे । त्यस्तै सेकेण्ड रनर अपसम्मका विजेताले बुद्ध एयरबाट पोखरा–काठमाडौको हवाई टिकट र विश्व मञ्चमा नेपालको प्रतिनिधित्वको अवसर प्राप्त गरे ।

त्यसैगरी प्रत्येक सहभागीले विज्ञान, व्यवस्थापन, मानविकी तहमा ११ र १२ कक्षा अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरे । दुवै विजेताका लागि एभरेष्ट फिल्म एकेडेमीमा एक लाख रुपैयाँ बराबरको छात्रवृत्ति, आशिका एकेडेमीद्वारा व्यावसायिक मेकअप कोर्ष, शीर्ष ८ ले करुणाको ब्यूटीपार्लर र प्रशिक्षण केन्द्रमा एक हप्ताको आधारभूत मेकअप कक्षाको अवसर पाएका छन् ।

यसबाहेक उनीहरुले फ्लाई टेक अन्तर्राष्ट्रिय एयरहोस्टेस एकेडेमीमा छात्रवृत्ति, शीर्ष तीनका लागि पोखरामा टूर प्याकेज, फ्रुट जेम्सद्वारा उपहार, नन्दिनी अर्गानिकद्वारा उपहार, नयाँ स्किनोलजीद्वारा उपहार, लेडिज विजेतालाई प्याडलक्स प्रिमियम सेनेटरी प्याड उपहार, उप्स नेपालद्वारा उपहार, सिजिजि स्पोट्र्स हबबाट बक्सिङ र मुए थाई फिटनेस प्याकेज पाएका छन् ।एभरेष्ट इभेन्टसका सीइओ कृष्ण श्रेष्ठले विजेताले विज्ञापन, पत्रिका र समाचारपत्रहरूमा चित्रित हुने अवसरसँगै म्युजिक भिडियो, सर्ट फिल्ममा अभिनयको अवसर पाउने बताए ।