
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नबिल बैंकसहित तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नबिल बैंक, एक्सेल डेभलपमेन्ट बैंक र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नविल बैंकको ४ करोड ६५ लाख १७ हजार ३५५.८९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३३ दशलमव ६० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको पनि ९ लाख ७३ हजार ३४५.४७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
स्वाभिमान लघुवित्त वित्तीय संस्थाको पनि २ लाख ९७ हजार ३२१.५० कित्ता बोनस शेयर सूचीकृत भएको छ । लघुवित्तले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट ३२.३० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
उक्त बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।