एकैदिन तोलामा १३०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा एकैदिन सुनको मूल्य तोलामा १३०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला १३०० रुपैयाँले घटेर ९९ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँमा कायम भएको छ । महासंघका अनुसार, सोमबार चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, अन्तरराष्ट्रिय बजारमा पनि यो दिन सुनको मूल्य घटेको छ । मंगलबार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९२३ दशमलव ७२ डलर पुगेको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१