• २०८३ जेठ २२
  • 2026 June 05, Friday

चाबहिलमा एक पुरुषले श्रीमती र तीन छोरीसहित आफैँमाथि पेट्रोल छर्केर लगाए आगो

काठमाडाैं । चाबहिलमा एक व्यक्तिले आफू, श्रीमती तथा ३ छोरीलाई आगो लगाएका छन् । मंगलबार राति ती व्यक्तिले परिवारका पाँच जना सदस्यलाई पेट्रोल छर्केर आगो लगाएका हुन् ।

प्रहरीका अनुसार यो गए राति साढे ८ बजेतिरको घटना हो । घटनालगत्तै पुगेको प्रहरीले पाँचै जनालाई उद्धार गरी अस्पताल पुर्‍याएको थियो । अहिले उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

उक्त घटनामा घाइते भएका दुई छोरीको अवस्था भने गम्भीर रहेको जनाइएको छ । त्यस्तै एक छोरी र बाबु-आमाको भने सामान्य वार्डमा उपचार भइरहेको जनाइएको छ ।