काठमाडौं । लाओसमा बन्धक बनाइ राखिएका एक नेपाली नागरिकको उद्धार गरिएको छ । रोजगारीको लागि लाओस पुगेका प्रकाश सिंहलाई अभियन्ता भिम उपाध्याय र सोम शर्माको टिमले बन्धक मुक्त गराइ नेपाल फर्काएकाे छ ।
सिंहलाई मेनपावरले विभिन्न प्रलोभन देखाई भिजिट भिसामार्फत लाओस पुर्याएकाे थियाे । लाओस पुगेपछि गैरकानुनी कार्यमा लगाएको अभियन्ता शर्माले बताए । बन्धक बनाइएका प्रकाश सिंहलाई ५ दिनमै सकुशल नेपालमा ल्याएको उनको भनाई छ ।
मानव बेचविखन अनुसन्धान ब्यूरो र नेपाल प्रहरीको संयुक्त प्रयासमा उद्धार गरिएको छ । पछिल्लो समयमा कम्बोडिया, लाओस, इराक, कुवेतजस्ता देशमा यस्ता किसिमका घटना घटिरहेको उद्धारकर्मी सोम शर्माले बताएका छन् । विदेश जाने होडमा सचेत नहुने, सहजै गैरव्यक्ती र मेनपावरको विश्वास गर्नाले नेपालीहरु विदेशमा यस्ता समस्यामा फस्ने गरेका छन् ।