• २०८३ साउन १
  • 2026 July 17, Friday

मन्त्री चौधरी र पूर्वराजदूत लिउ युहेबीच भेटवार्ता

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र पूर्वराजदूत तथा परराष्ट्र मन्त्रालय चीन, क्याडर विभागका पूर्व महानिर्देशक लिउ युहेबिच भेटवार्ता भएको छ ।

सोमबार मन्त्रालयमा मन्त्री चौधरी र पूर्व राजदूत युहेबिच भेटवार्ता भएको हो । भेटका क्रममा वुमन इम्पावरमेन्ट एन्ड डेभलपमेन्ट सोसाइटी इन एशिया(अफ्रिका (वेड्स)का तर्फबाट गरिएको भेटका क्रममा मन्त्री चौधरीले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत रहेको तीन पिलर महिलाको आर्थिक सशक्तीकरण, महिलाविरुद्ध हुने कुरीति विरुद्ध सामाजिक रूपान्तरण र जोखिममा परेका महिलाको उद्धार तथा संरक्षणका क्षेत्रमा योगदान दिन चिनियाँ टोलीलाई आग्रह गरेकी थिइन ।

त्यस्तै मन्त्री चौधरीले बालसुधार गृहमा भएका बालबालिकाहरूले माथिल्लो तहमा गइसकेपछि शिक्षाबाट वञ्चित हुने अवस्था रहेको भन्दै त्यस क्षेत्रमा पनि योगदान दिन आग्रह गरेकी थिइन ।

त्यस अवसरमा पूर्व राजदूत युहेले वुमन्स प्रोग्रेस, डिजिटल इम्पावरमेन्ट ग्रीन डेभलपमेन्ट कार्यक्रमका बारेमा जानकारी गराएका थिए । भेटमा पूर्वराजदूत युहेले उक्त संस्थाको सल्लाहकारको भूमिका निर्वाह गरिदिनका लागि समेत मन्त्री चौधरीलाई आग्रह गरेका थिए ।

त्यस अवसरमा वेड्सका अध्यक्ष झाव मेइलिङले सन् २०२४ को नोभेम्बरबाट ५ एशिया र अफ्रिकन देशमा उक्त कार्यक्रम सुरू हुन गइरहेको समेत जानकारी दिइएको थियो ।