कामना सेवा विकास बैंकका ग्राहकलाई थ्यारो ल्याबमा २० प्रतिशत छुट

काठमाडौं । बुटवल स्थित कामना सेवा विकास बैंक र रुपन्देही स्थित थ्यारो ल्याब बुटवल प्रा.लि. सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकका ग्राहकहरुले थ्यारो ल्याबले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा २० प्रतिशत छुट प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ ।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु¥याउने उद्धेश्यले स्थापित उक्त थ्यारो ल्याब बुटवल प्रा.लि. मा कामना सेवा विकास बैंकका ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्तगर्न सकिने बैंकले जनाएको छ । बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकको विश्वास छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्रमार्फत आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१