काठमाडौं । वरिष्ठ सञ्चारकर्मी दिलभुषण पाठकले कार्यक्रम ‘टफ टक एक्सप्लेनर’ ल्याउने भएका छन् । उनले सोमबार ‘टफ टक एक्सप्लेनर वीथ दिलभुषण पाठक’ को प्रोमो सामाजिक सञ्जालमा राखेका हुन् ।
पाठकले आफ्नो युट्युव च्यानल ‘टफ टक वीथ दिलभुषण पाठक’ मा उक्त कार्यक्रम प्रसारण गर्ने भएका छन् । उनले यसअघि कान्तिपुर टेलिभिजनमा टफ टक वीथ दिलभुषण पाठक कार्यक्रम सञ्चालन गर्थे ।
पाठक कान्तिपुर टेलिभिजनका पूर्व प्रधान सम्पादक समेत हुन् ।