• २०८३ जेठ २५
  • 2026 June 08, Monday

कर वृद्धिको विरोधमा सुनचाँदी व्यवसायीहरु आन्दोलनमा

काठमाडौँ । काठमाडौंको न्यूरोडका सुनचाँदी व्यवसायीले राष्ट्र बैंकले सुन भन्सारमा गरेको कर वृद्धिको विरोधमा व्यवसाय बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् ।
बुधबार उनीहरुले न्यूरोड गेटदेखि बैंकले सुन आयातमा लगाएको कोटा र भन्सारमा वृद्धि गरेको कर वृद्धिका विरुद्धमा नारा लगाउँदै प्रदर्शन गरेका गरेका हुन् ।

उनीहरुले ‘तस्करलाई प्रोत्साहन हुने भन्सार वृद्धि नीति खारेज गर’, ‘हामी व्यवसायीहरु र कालिगढहरुलाई बिस्तापित गर्न पाइदैन’, ‘१५ प्रतिशत भन्सार दरबाट २० प्रतिशत भन्सार वृद्धि दर खारेज गर’, ‘पुरानै भन्सार दर लागु गर’, लगायतका प्लेकार्डहरु बोकेका थिए ।

राष्ट्र बैंकले दैनिक १० किलोसम्म सुन आयात हुँदै आएको कोटा बढाएर दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी व्यवस्था गरेको थियो । तर यसमा पनि भन्सार बढेर २० प्रतशत पुगेर महँगो पर्न गएको व्यापारीहरुको गुनासो छ । विरोध गरेका हुन् ।
कार्यक्रममा सहभागी काठमाडौं सुन –चाँदी व्यवसायीसंगको अध्यक्ष रोहिना देवी शाक्यले, राज्यले नीति निर्देशिका केही पनि जारी नगरेको कारणले हामी आन्दोलनमा उत्रिएको बताईन् ।

१५ प्रतिशतमा ५ प्रतिशत थप गरेर भन्सार दर वृद्धि गर्नु उपभोक्ताको हित विपरीत भएकाले मारमा पारेको भन्दै तत्काल फिर्ता गर्न माग गरिन् ।उनले भनिन्,‘हाम्रो राज्यले नीति निर्देशिका केही पनि जारी नगरेको कारणले हामी आन्दोलनमा आए हौं ।

हामीलाई राज्यले नीति निर्देशिका चाँडो जारी गरोसु हामी त्यसमा बस्न तयार छौं । र १५ प्रतिशतमा ५ प्रतिशत थप गरेर जुन भन्सार दर वृद्धि गरिएको छ । त्यो ५ प्रतिशत कम गरेर पहिला कै दरमा ल्याउनुपयो । यो उपभोक्ताको हित विपरीत भएकाले पनि धेरै मारमा पारेको छ ।’