कांग्रेस-एमालेको भेटघाटले आशाको सञ्चार जगाएको छ, चिन्तित हुनु पर्दैन् : सांसद गिरी

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुको भेटघाटले देशमा आशाको सञ्चार ल्याएको नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य दीपक गिरीले बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा विशेष समय बोल्दै सांसल गिरीले चौतर्फी निराशा रहेको समयमा संसदका दुई ठूला दल कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच सुरु भएका संवादले आशाको सञ्चार गरेको उनले बताए ।

पछिल्लो समय निकै चासोका साथ हेरिएको शीर्ष नेताहरुको संवादले चिन्तित हुन आवश्यक नरहेको र यसलाई सकारात्मक रुपमा लिन उनले आग्रह गरे ।

लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधनका लागि कांग्रेस र नेकपा एमालेबीच संवाद र सहकार्य आवश्यक रहेको उनको दाबी छ ।

यस्तै निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका केही महत्त्वपूर्ण विषयमा संविधान संशोधन गर्न आवश्यक र रहेको यस्तै अरु दलहरुले पनि छलफल गरिपर्ने उनले बताए ।