
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग चुनावी गठबन्धनका लागि प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सकारात्मक देखिएका छन् ।
लोसपाले उठाएका मुद्दा सम्बोधनका लागि देउवाले सकारात्मक जवाफ दिएका छन् भने स्थानीय तहमा गठबन्धन गरेर अघि बढ्नेबारे समत छलफल भएको छ ।
बुधबार लोसपाका नेताहरुले प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए । त्यसक्रममा देउवा लोसपासँग चुनावी गठबन्धन गर्न सकारात्मक भएको नेता शरदसिंह भण्डारीले जानकारी दिए ।
‘हामीले हाम्रा माग र मुद्दाका बारेमा प्रधानमन्त्रीलाई स्मरण गरायौं । उहाँले सकारात्म जवाफ दिनु भएको छ’ नेता भण्डारीले भने, ‘हाम्रो दलसँग गठबन्धन गर्न पनि उहाँ सकारात्मक हुनुहुन्छ ।’
प्रधानमन्त्री देउवा भारत भ्रमणबाट फर्किएपछि यसबारे थप छलफल हुने उनले बताए । लोसपासँग पनि गठबन्धन भएमा महागठबन्धन हुने छ । लोसपा र एमालेबीच चुनावी गठबन्धन हुनसक्ने आकलन भइरहँदा प्रधानमन्त्री पनि तालमेलका लागि सकारात्म भएका हुन् ।