काठमाडाैं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का प्रवक्ता प्रकाश पाैडेलले प्रधानमन्त्री प्रचण्डले अविलम्ब राजीनामा दिनुपर्ने उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमार्फत पाैडेलले प्रधानमन्त्री प्रचण्डले छिमेकी मुलुकमा पुगेर अस्थिर चरित्र देखाउन याेजना बुन्न थालेपछि याे अवस्था आएको पनि बताएका छन् ।
उनले भनेका छन्, ‘राष्ट्रिय शक्ति निर्माणको अपेक्षासहित तपाईँको अगुवाईलाई स्वीकार गर्दै नेकपा एमालेले राखेको विश्वासलाई छिमेकी मुलुक पुगेर फेरि अस्थिर चरित्र देखाउन योजना बुन्न थालेपछि बनेको नयाँ घटनाक्रमलाई स्वीकार गर्दै प्रधानमन्त्री पदबाट अविलम्ब राजीनामा दिनुपर्दछ ।’
राजनीतिलाई सम्भावनाको खेल मात्र नभएर आफू उथलपुथलकारी हो भनेर सार्वजनिक घोषणा गरेका प्रधानमन्त्री प्रचण्डले आफ्नो जादुको कमालको खुब व्याख्या गरिरहेका थिए ।
केहीसमय अघिमात्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकाे शपथ समारोहमा पुगेका प्रचण्ड नेपाल फर्किएपछि आफूसँग जादुमयी सिट संख्या रहेको र ५ वर्ष नै सरकार चलाउन सक्ने दाबी गरिरहेका थिए ।