• २०८३ साउन १
  • 2026 July 17, Friday

चट्याङ लागेर ४५ भेडा मरे

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका–२, मालिकाबोतास्थित चुचेमारा धचाखर्केको रंगिन पाटनमा चट्याङ पर्दा ५४ वटा भेडा मरेका छन् । बिहीबार दिउँसो करिब १ बजे परेको चट्याङले भेडाको बथानमा ठूलो क्षति पुर्‍याएको हो ।

चट्याङले मालिका बोताका एघार किसानका भेडा मरेका हुन् । मालिकाबोताका बहादुर रावतका चार, तिते रावतका तीन, तिलक रावतका पाँच, मानबहादुर रावतका तीन, विगर रावतका ९, डिल्ली रावतका तीन, शेर रावतका दुई, हरि बहादुर रावतका एक, चञ्चल थापाका तीन, धन रावतका २० र रामबहादुर रावतका एक भेडा मरेका छन् ।

कुल ५४ भेडा मरेको स्थानीय किसान हरिबहादुर रावतले जानकारी दिए । कृषकलाई पालिकाबाट केही राहत दिने कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदर आचार्यले बताए ।