काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको प्रतिक्रिया दिएका छन् ।
मंगलबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समितिको बैठकले निलम्बित महामन्त्री मुकल ढकाललाई पार्टीको साधारण सदस्य मात्र रहने गरि कारबाहि गरेको छ । कारबाहि गरेपछि उनले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका हुन् ।
मुकुल ढकालले भनेका छन् ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि’
संकल्प यात्रापछिको प्रतिवेदनलाई लिएर पार्टी भित्र उनको चर्को आलोचना भएको थियो । संकल्प यात्राको समिक्षा प्रतिवेदन तयार पारेका ढकाललाई पार्टीलाई नै गिराउने कोसिस गरेको भन्दै कारबाहि गर्ने निर्णय रास्वपा बैठकलले लिएको थियो ।