काठमाडौं । नेकपा एमाले केन्द्रिय सचिवालयको बैठक स्थगित भएको छ ।
मंगलवार दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक बुधवार विहान ११ बजे बस्ने गरि स्थगित भएको छ ।
बैठकमा गत सोमबार भएको कांग्रेस–एमालेबीचको सत्ता सहकार्यसम्बन्धि सहमतिबारे छलफल हुने कार्यसुची रहेको थियो । त्यस्तै, बैठकमा नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुने पनि कार्यसुचीमा समावेश गरिएको थियो ।