• २०८३ साउन १२
  • 2026 July 28, Tuesday

देशमा आर्थिक स्थायित्व बढाउनेगरी मौद्रिक नीति ल्याउँछौं : गर्भनर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले देशको समग्र आर्थिक स्थायित्व बढाउनेगरी मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बताएका छन्।

बिहीबार इकोनमिक मिडिया एसोसिएसन नेपाल(इमान)ले काठमाडौंमा आयोजना गरेको आगामी मौद्रिक नीतिबारेको छलफल कार्यक्रममा उनले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य कसरी हासिल गर्ने र वित्तिय क्षेत्रलाई कसरी स्थायित्व दिन सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राखेर मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बताएका हुन् ।

उनले भने,‘नेपाल राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदै गर्दा देशको समग्र आर्थिक स्थायित्व कसरी बढाउन सकिन्छ भन्ने नै हो । सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य कसरी हासिल हुन्छ, वित्तिय क्षेत्रलाई कसरी स्थायित्व दिन सकिन्छ, सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य कसरी हासिल हुन्छ भनेर नै तयारी गरिरहेको छौं । जसले गर्दा बैंकिङ् सिस्टमहरु आकर्षक बनाउन सकुन भन्ने हो ।’

उनले बिदेशी मुद्रा कुनैपनि चाहिएको बेला अप्ठ्यारो नपरोस् भनेर बाह्य क्षेत्रलाई कसरी सवल बनाउने भन्नेतर्फ पनि ध्यान दिएको जानकारी दिए ।