• २०८३ असार १५
  • 2026 June 29, Monday

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै, ओलीलाई आजै प्रधानमन्त्री बनाउने कांग्रेस–एमालेको तयारी

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ । संसदमा सबैभन्दा ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले समर्थन नगर्ने भएपछि प्रचण्ड अल्पमतमा पर्ने निश्चित छ ।

कांग्रेस–एमालेले मिलिजुली सरकार बनाउने भएपछि प्रचण्डले आज विश्वासको मत लिने भएका हुन् । प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेलगतै कांग्रेस र एमालेले साना दलहरूलाई समेत साथमा लिएर शुक्रबारनै सरकार गठनको दाबी गर्ने तयारी गरेका छन् ।

उनीहरूले दुईतिहाइ सांसदको हस्ताक्षरसमेत संकलन गरेका छन् ।