काठमाडौँ । नेकपा एकीकृत समाजवादी का सांसद राजेन्द्र पाण्डेले वर्षातको समयमा रात्रिकालिन बस सेवामा रोक लगाउनुपर्ने माग गरेका छन् ।
शुक्रबार संसदको शुन्य समयमा बोल्दै सांसद पाण्डेले उक्त प्रस्ताव राखेका हुन् ।सांसद पाण्डेले वर्षातको अवस्थाका बारेमा सरकारले जनतालाई प्रत्येक घण्टामा सूचना दिनुपर्ने माग गरेका हुन्।
मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सांसद् पाण्डेले विपदमा परेका जनताको उद्धार र राहतमा सरकार गम्भीर बन्नुपर्ने साथै पीडितहरूको उद्धार र राहतमा जुट्न अनुरोध गरेका छन् ।